परमाणुले विश्व असुरक्षित :ओबामा

0
577

चैत्र २० ऐजेन्सी । आतंककारीले परमाणु आक्रमणको तयारी गरेकोले विश्वमा सुरक्षा खतरा बढेको अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ ।
अमेरिकामा जारी परमाणु सुरक्षा सम्मेलनमा राष्ट्रपति ओबामाले आतंककारीले परमाणु आक्रमणको तयारी गरेको र यसले विश्वलाईृ नै परिवर्तन गर्ने बताउनुभयो ।obama
परमाणु आतंकलाई रोक्नका लागि ठोस कदम चाल्नु पर्नेमा उहाँले जोड दिनुभएको बिबिसीले जनाएको छ ।
सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ भने सम्मेलनमा जानु भएको छैन ।
पाकिस्तानी प्रधानमन्त्री शरिफ लाहोर बमकाण्डका कारण सम्मेलनमा नगएको बताइएको छ ।
दुवै देशसँग परमाणु हतियार भएकाले यी देशका प्रतिनिधिको अनुपस्थितिलाई गम्भीर रुपमा लिइएको विश्वका नेताहरुले बताएका छन् ।