अफगानिस्तानमा १५ तालिवान लडाकूको मृत्यु

0
333

काबुल, २० चैत । अफगानिस्तानमा विद्रोह गरिरहेका तालिवान लडाकूका विरुद्ध अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको सुरक्षा कारबाहीमा परी शनिबार कम्तीमा पनि १५ जना तालिवान लडाकूको मृत्यु भएको समाचार छ । गत २४ घण्टाभित्र अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको तालिवानविरुद्धको सशक्त कारबाहीमा ती आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले शनिबार जानकारी दिएको छ । अफगान प्रहरी, सैनिक र गुप्तचर निकायको समेत सहभागीतामा भएको यस कारबाहीको क्रममा थप १० जना आतङ्ककारी पक्राउ पर्नुका साथै अन्य ११ जना घाइते भएका पनि सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।