बारको मतगणना सोमबार गरिने

0
285

चैत्र २१ काठमाण्डौ । नेपाल बार एशोसियशनको नयाँ नेतृत्वका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना सोमबार हुने भएको छ । देशभरका ३३ वटा स्थानमा सम्पन्न निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूह बिच प्रतिस्पर्धा भएको छ । निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा शेरवहादुर केसी र प्रगतिशील समूहबाट विजयकान्त मैनाली उम्मेदवार हुनुहुन्छ । मतदान बिहान ८ बजे देखि साँझ ४ बजे सम्म भएको थियो । पदाधिकारीसहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।   देशभरबाट गरी ९ हजार ५ सय २२ मतदाताले मतदान गरेको निर्वाचन समितीले जनाएको छ ।