विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट आज सकिंदै,इङ्गल्याण्ड र वेष्ट इन्डिज बीच अन्तमि प्रतिस्पर्धा हुने

0
716

चैत्र २१ सोमबार । भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । कोलकाताको ईडन गार्डन रंगशालामा हुने खेलमा इङ्गल्याण्ड र वेष्ट इन्डिज उपाधिका लागि भिड्नेछन् ।e v w नेपाली समय अनुसार बेलुकी सवा ७ बजे हुने खेलका लागि दुबै टोली तयार छन् । इङ्गल्याण्ड आज हारको बदला लिने दाउमा छ भने वेष्ट इन्डिज पुरानै सफलता दोहोराउने अभियानमा छ । इङ्गल्याण्ड र वेष्ट इन्डिजले एकएक पटक विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि जितिसकेका छन् । आजको खेल जित्ने टोलीले दोस्रो पटक ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि जित्ने कीर्तिमान बनाउनेछ ।