काठमाडौ, २१ चैत । सरकार र वैदेशिक रोजगार व्यवसायीबीच आज पनि वार्ता हुने भएको छ । वैदेशीक रोजगार सहज नभएको भन्दै व्यवसायीहरुले आन्दोलन गरेपछि सरकारले वार्तामा बोलाएको छ । ‘फ्रि भिसा फ्रि टिकट’ पछि असन्तुष्ट व्यवसायीहरुले केही शुल्क वैधानिकरुपमै तोक्नुपर्ने माग गरेका छन् । व्यवसायीसँगको वार्तामा श्रम तथा रोजगार मन्त्रालयले सरकारले गरेको निर्णय र व्यवसायीको मागको बिचबाट समाधान गर्नुपर्ने प्रस्ताव राखेको छ । त्यो प्रस्तावका विषयमा आज छलफल हुने वैदेशीक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाले जानकारी दिनुभयो । वार्ता दिउँसो तय गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ‘फ्रि भिसा–टिकट’ शब्द यथावत् राख्दै सेवा शुल्कका नाममा कामदारसँग एक महिनाको तलब वा ४ सय अमेरिकी डलरमध्ये एउटा लिन पाउनुपर्ने अडान राखेका छन् । गत असार २१ देखि लागू भएपछि कार्यान्वयनमा भने पुरै आएको छैन ।