काठमाडौँ, २२ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वैशाख १२ गतेको भूकम्पबाट अति प्रभावित १० जिल्लामा निजी आवासको काम प्रभावकारी बनाउन विज्ञ सदस्य खटाएको छ । जसअनुसार रसुवा, नुवाकोट र धादिङमा ध्रुव शर्मा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा डा चन्द्रबहादुर श्रेष्ठ, गोरखा र मकवानपुरमा डा हरिराम पराजुली र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा डा विष्णुप्रसाद भण्डारीलाई आजदेखि खटाइएको प्राधिकरणले जानकारी दिएको छ । “निजी आवास पुनःनिर्माणको कामलाई थप प्रभावकारी बनाउन, जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग समन्वय र अन्तक्र्रियाका लागि विज्ञ सदस्य खटाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आइतबार आठ जिल्लाका एक÷एक गाविसमा अनुदान पाउने लाभग्राहीको सूची सार्वजनिक गरेको थियो । सूची सार्वजनिक गरिएका आठ गाविसमा आजदेखि अनुदान सम्झौताको प्रक्रिया सुरु हुने भनिएकामा विशेष कारणले चैत २८ गते आइतबारबाट मात्र प्रक्रिया सुरु गरिने प्राधिकरणले जनाएको छ । पछिल्लो समय प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्न नसकेको भन्र्दै प्रधानमन्त्री ओलीले समेत आलोचना गरे पछि प्राधिकरणले सक्रियता बढाउको हो ।