बेमौषमी बाढीले ६० को मृत्यु

0
413

चैत्र २२ काठमाण्डौ एजेन्सी । पाकिस्तानमा बेमोसमि वर्षापछि आएको बाढीमा परि कम्तीमा ६० जनाको ज्यान गउको छ । अधिकारीहरुका अनुसार खैबर पख्तुन ख्वाहका केही भाग, पाकिस्तान प्रशासित काश्मीर र गिलगित–बल्तिस्तानमा शनिबारदेखि वर्षा सुरु भएको थियो ।pakis मनसुनअघिको यो वर्षाले पाकिस्तानको ग्रामीण क्षेत्रमा विधंश मच्चाएको छ । पाकिस्तान सरकारले स्थानीयलाई आआफ्नो घर छोडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । उत्तरी स्वात घाटी निवासी हबीब खाले एउटा स्थानीय टेलिभिजन च्यानलसँग सरकारले कुनै पनि सहयोग नगरेको आरोप लगाएका छन् । यता सरकारी अधिकारीहरुले भने पाल र अन्य राहत सामग्री प्रभावित क्षेत्रमा पठाउने तयारी भैरहेको जनाएको छ ।