अमेरिकामा सेप्टेम्बरमा नेपाली व्यापार मेला हुने

0
947

चैत्र २३ काठमाण्डौ  प्रकाश चन्द्र दाहाल । अमेरिकाको न्यूयोर्क सहरमा नेपाली उत्पादनहरुको प्रबर्धनका लागि ३ दिने व्यापार मेला आयोजना हुने भएको छ । अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको संस्था वल्र्ड बिजनेशस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (एलएलसी) को आयोजनामा आगामि सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म  मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । न्यूयोर्कको म्यानहटनमा आयोजना हुने मेलालाई ‘नेपाल एक्जीबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो’ नाम दिइएको छ । नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको व्यापार मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरु ले सहभागिता जनाउने भएका छन् । नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्वबजारसम्म लैजान सजिलो होस भन्ने उद्देश्यका साथ मेला आयोजनाको तयारी गरिएको आयोजकले जनाएको छ ।sudip मेलामा ७० प्रतिशत नेपालभित्रका र ३० प्रतिशत नेपाल बाहिरका उद्योगी व्यवसायीहरु सहभागि हुने जनाइएको छ । आयोजक एलएलसीका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले मेलाको सफल आयोजना पश्चात नेपाल–अमेरिका बीचको व्यापारमा नयाँ युगको सुरुवात हुने बताउनु भएको छ। नेपालबाट अमेरिका निर्यात हुने विभिन्न वस्तुहरुमा हालै अमेरिकाले भन्सार छुट दिएको उल्लेख गर्दै रेग्मीले त्यसको उचित फाइदा लिन मेला फलदायी हुने राजधानीमा आयोजीत पत्रकार संमेलमा जानकारी दिनु भयो । ‘अमेरिकी सरकारले दिएको भन्सार छुटको सुविधान प्रयोग गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने अवसरको रुपमा समेत मेला उपयोगी हुने रेग्मीको भनाई थियो। त्यसका लागि मेला कोशेढुंगा बन्ने रेग्मीको विश्वास थियो। मेला आयोजना भएसंगै अमेरिका लगायतका विश्वका विभिन्न देशका खरिदकर्ताहरुलाई नेपाल ल्याएर ‘बिजनेश टु बिजनेश’ नेटवर्क सञ्चालन गर्ने उद्देश्यसमेत आयोजकले लिएको छ । मेलामा नेपाली कृषि उत्पादन, सांस्कृतिक तथा सम्पदा झल्कने सामाग्री र नेपालको गौरव झल्काउने उत्पादका साथै कफि, चिया, पाल्पाली ढाका, सुठो, अलैंची, खुकुरी, खुकुरी रम, नेपालको मूर्तिकला तथा गहनाहरुलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ । उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नाटा लगायतका संस्थाहरुले सो मेलाको आधिकारिक सहयोगीका रुपमा रहेका छन् ।