फ्रान्समा सेक्स गर्नु गराउनु दुबै अपराध !

0
888

चैत्र २५ एजेन्सी । फ्रान्सको सांसदले पैसा दिएर सेक्स गर्नु गराउनुलाई गैरकानुनी घोषित गर्ने विधेयक पारित गरेको छ । विधेयकको प्रावधानअनुसार यौन सम्बन्धको सट्टा पैसा तिर्ने व्यक्तिलाई ३७५० युरो जरिवाना हुनेछ । पहिलोपटक पक्राउ परे सजायका रुपमा १५०० युरो तिर्नुपर्ने व्यवस्था गरिएको छ। यदि कुनै व्यक्ति दोस्रोपटक सोही अपराधमा पक्राउ परेको खण्डमा सजाय दोब्बर हुनेछ । दोषी ठहरिए बेश्यावृत्तिसम्बन्धी जागरुकताको कोर्ष पनि लिनुपर्नेछ । अन्य युरोपियन मुलुक र अमेरिकामा मदिरा पिएर गाडी चलाउनेमाथि यसप्रकारको कारबाही गर्ने गरिन्छ । यो कानुनको उद्देश्य विदेशी दलालको सञ्जाल तोड्नु र यौनपेसा छोड्न चाहने यौनकर्मीको सहयोग गर्नु रहेको बताइएको छ। यो विवादास्पद कानुन फ्रान्सेली संसदबाट पारित हुन दुई वर्षभन्दा बढी समय लागेको थियो । यो कानुनका विषयमा फ्रान्सको दुवै संसद ९नेशनल एसेम्बली र सिटेन०बीच निकै मतभेद रहेको छ। विधेयकमाथिको अन्तिम बहसका क्रममा यौनकर्मीहरुको समूहले पेरिसमा संसद भवन अगाडि प्रदर्शनसमेत गरेका थिए । स्ट्रास सेक्स वर्कर्स युनियनका सदस्यहरुका अनुसार यो कानुनबाट करिब तीसदेखि चालीस हजार यौनकर्मीको जिविकामा असर पर्नेछ ।france यो कानुनको समर्थकहरुका अनुसार यो कानुन लागु भएपछि अवैध देहव्यापार गर्ने गिरोहको सञ्जालसँग लड्न सहज हुनेछ । कानुन अनुसार देह व्यापार छोडेर अन्य काम गर्न चाहने विदेशी यौनकर्मीलाई फ्रान्समा बस्ने अस्थायी अनुमतिसमेत प्रदान गरिनेछ । समाजवादी सांसद माउड ओलिभरले न्युज एजेन्सी एपीसँग कुरा गर्दै यो कानुनको सबैभन्दा महत्वपूर्ण पक्ष यसबाट यौनकर्मीहरुलाई धेरै सहयोग पुग्ने बताए । उनले भने–हामी उनीहरुलाई परिचयपत्र दिनेछौ किनभने हामीलाई थाहा छ, ८५ प्रतिशत यौनकर्मी देहव्यापार गराउने गिरोहको शिकार बनेका छन्। फ्रान्सको गृहमन्त्रालयका अनुसार देशमा रहेका यौनकर्मीमध्ये ८०–९० प्रतिशत विदेशी छन् । यसमध्ये अधिकांश देह व्यापार गराउने गिरोहको शिकार बनेका छन्। नयाँ कानुनले सन् २००३ मा बनेको कानुनको स्थान लिनेछ । जसमा देहव्यापारका लागि यौनकर्मीमाथि सजायको व्यवस्था गरिएको थियो । संसारमा स्वीडेन पहिलो देश थियो, जहाँ यौनकर्मीको सट्टा ग्राहकमाथि सजायलाई अपराधी मानिन्थ्यो । स्वीडेका अधिकारीहरुका अनुसार यो कानुन बनेपछि रेड लाइट ऐरियामा महिला यौनकर्मीको संख्यामा गिरावट देखिएको थियो ।