सल्यानमा भिषण आगलागी,३ सय घर जलेर नष्ट,पिडीतलाई राहतको खाँचो ।

0
698

चैत्र २५ । सल्यानको दुइ वटा सामुदायीक वन र वस्तीमा लागेको डढेलो २४ घण्टा पछि नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको ठूलो प्रयासमा हिजो दिउँसो देखि लागेको डढेलो नियन्त्रणमा आएको हो । तर ढडेलोले ३ घर र २ गोठ जलेर नष्ट भएका छन् । धनवाङ ८ मा रहेको कालिजंग सामुदायीक वनबाट हिजो दिउँसो शुरु भएको डढेलोे साँझ पख वडा नम्बर ५ को वस्तीमा पस्दा सार्की भण्डारी, लोक ब भण्डारी र ठग ब भण्डारीको ३ घर र २ गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । salyanआगलागी पिडीतलाइ तत्काल राहतको आवश्यकता परेको छ । गोठमा भएका गोरु र बाख्रा पनि जलेका छन् । क्षतीको पूर्ण विवरण नआएपनि ठूलो क्षती भएको अनुमान स्थानीयको छ । प्रहरीले अहिले क्षती र घटनाको मुचुल्का उठाउँदैछ । प्रहरीले स्थानीयलाइ घरको सामान निकालेर सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो । स्थानीयहरु त्रसित भएर रातभर जाग्राम बसेका थिए ।