मुस्ताङमा पाठ्य पुस्तक पूर्वमा अभाव !

0
1340

चैत २५ मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । हरेक बर्ष शैक्षिक सत्र सुरु भैुक्दा पनि पाठ्य पुस्तकको अभाव हुने गरेकोमा यस पटक कहि ढिला गरी पाठ्य पुस्तक पुगेको हो । जिल्लामा हिउँद समयमा अत्यधिक चिसो हुने भएकाले फागुन १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु हुन्छ भने मङ्सिर मसान्तमा शैक्षिकसत्रको अन्त्य हुन्छ । studउपल्लो मुस्ताङका विद्यालयलाई सदरमुकाम जोमसोमबाट, लेते, कोबाङ र मार्फा क्षेत्रमा म्याग्दी सदरमुकामबाट पुस्तक आपूर्ति भएको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका अधिकांश पुस्तक व्यवसायीले पोखराबाट हवाई मार्ग हुँदै जिल्लामा पुस्तक आपूर्ति गर्दै आएका छन् । यस वर्षको शैक्षिकसत्रमा व्यवसायीसँगको सहकार्यमा समयमै पुस्तक उपलब्ध गराइएको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिनुभयो । समयमै पुस्तक पुगे पछि अहिले पठन पाठन सुचारु रहेको छ । सरकारले विद्यालयलाई नै पुस्तक खरिद र ढुवानीका लागि बजेट विनियोजन गर्दै आएको छ । जिल्लामा ५५ सामुदायिक, चार संस्थागत र आठवटा गुम्बा गरी ६४ वटा विद्यालय सञ्चालनमा रहेका छन् । शैक्षिकशत्र सुरु हुन एक सातामात्र बाँकी रहँदा पूर्वाञ्चलमा कक्षा ६ र ७ को पुस्तक अभाव भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राजेन्द्रनिधि तिवारीका अनुसार कक्षा ६ र ७ को पुस्तक अभाव रहेको र वैशाख महिनाको अन्त्यमा मात्र आइ पुग्ने छ । सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, धनकुटा, पाँचथर, इलाम र तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पुस्तकको समस्या देखिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।