बीरगंज उधोग वाणिज्य संघको कार्यक्रममा सांसदहरु अपमानीत,मधेश मुद्धामा सरकार चुकेको अर्थमन्त्रीको स्विकारोक्ती ।

0
481

चैत्र २६ अशोक तीवारी बीरगंज । अर्थमन्त्री प्रमुख अतिथि भएको कार्यक्रममा एमालेकै सांसदहरुमाथि अपमान गरिएको छ । बीरगंज उधोग वाणिज्य संघ को ४०औं वार्षिक साधारण सभामा संसदहरुलाई अपमान गरिएको भन्दै सासदहरुले कार्यक्रम बहिस्कार गरेका हुन् । बारा र पर्साका एमाले संबद्ध सांसदहरलाई कार्यक्रममा बोलाएर आसन ग्रहण समेत नगरेको भन्दै आधा दर्जन सांसदहरुले आयोजकको आलोचना गर्दै कार्यक्रमबहिस्कार गरेका हुन । बहिस्कार गर्नेहरुमा पुरुषेत्तम पौडेल,बिचारी यादव,राजकुमार गुप्ता,जय प्रकाश थारु,जुनेद अन्सारी,नागेन्द्र चौधरी र रामचन्द्र शाह रहेका छन् । यस्तै मंचमा बसेका उधोग राज्यमन्त्री मेघराज निषादलाई बोल्न नदिए पछि राज्य मन्त्री निषाद पनि मन्च बाटै उदघोषकलाई हप्काएकाए पछि मन्तब्य राखेका थिए । ashokजनप्रतिनिधिहरु माथि भएको अपमानजनक घटनाको बिरगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओम प्रकाश शर्माले संघको इतिहांसकै ठूलो गल्ती भएको स्वीकार गर्नु भयो ।
बिबादका बिच अर्थमन्त्री बिष्णु पौडेलले संबिधानमा भएको त्रुटि सच्चाउन सरकार चुकेको बताउनु भएको छ । उहाँले भुकम्पका कारण पुन निर्माण कार्यलाइ प्राथमिकता दिंदा मधेश मुद्धा ओझेलमा परेको भन्दै सरकारले अब मधेशको समस्या समाधान गर्ने बताउनु भयो । सरकारी प्रतिनिधि सहभागी भएको कार्यक्रम बहिस्कार गर्दै आएका मधेशबादि दलका नेताहरु पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।