खोटाङमा बस दुर्घटना २२ जनाको मृत्यु ( फोटो फिचर)

0
487

चैत ३० खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलबाट ७० जना यात्रुलिएर काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस आज बिहान अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । 12966686_964235183659996_1110745310_n
बा२ख ६३७६ नम्बरको यात्रुबाहक बस साँघुरो बाटो रहेको बर्खेटारमा बिहान साढे ८ बजे सडकबाट करिब ५०० मि तल खसेको थियो।
सशस्त्र प्रहरी र स्थानीयवासीले ३१ जना घाइतेको उद्धार गरी हलेसी स्वास्थ्य चौकीमा पु¥याएका छन् । अधिकांश घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।bus

दुर्घटनामा चालकसहित ७
महिला र १५ पुरुष गरी २२ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ४ जना महिला र २८ पुरुष समेत गरी ३२ जनाको उद्धार गरी काठमाडौ पठाईएको प्रहरीले जनाएको छ ।bb