खगप्रसाद चापागाइ कपिलवस्तु, बैशाख २ । कपिलवस्तु र अर्घाखांचीस्थित चुरे लगायतका बनक्षेत्रमा विगत १ सातादेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अत्यधिक गर्मीसंगै चलेको हावाहुरीमा कारण कपिलवस्तु र अर्घाखांचीका चुरे लगायतका बनमा आगो लागे पछि नियन्त्रण हुन नसकेको हो । केही व्यक्तिको लार्पवाहीका कारण हरेक बर्ष गर्मीयाममा आगलागीबाट बनमा रहेका सयौ साना बोटविरुवा, बहुमुल्य जडिबुटी नष्ट हुने गरेपनि स्थानीयले मात्रै आगो नियन्त्रण गर्न कठिनाइ भएको छ । हरेक वर्ष कपिलवस्तु र अर्घाखांची सिमानाका बनमा लगाइएको आगो स्थानीयले नियन्त्रण प्रयाश गरेपनि स्रोत र साधनको अभावमा समस्या हुने गरेको छ । जनचेतनाको अभावमा बनमा आगो लगाउंदा पुग्ने क्षतिका बारेमा जानकारी नहुंदा बन कार्यालयले डढेलो नियन्त्रणका लागी वितेका महिना साताव्यापी कार्यक्रम गरेपनि खासै प्रभावकारी हुन सकेको छैन ।