म्यानमारको भुकम्पले घर भत्काए पनि मन भत्काउन सकेन ।

0
479

एजेन्सी याङ्गुन, वैशाख २ । म्यानमारमा केन्द्रबिन्दू रही बुधबार साँझ गएको ६.९ रिक्टर स्केलको भूकम्पबाट म्यानमारमा मानवीय क्षतिको समाचार नआएको अधिकारीहरुको भनाई छ । म्यानमारका अधिकारीहरुले बिहीबार बिहानसम्ममा सो भूकम्पका कारण कुनै मानवीय क्षतिको समाचार नआएको बताएका छन् । तर सो भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएकोले ठूलो क्षतिको अनुमान गरिएको थियो । भूकम्पको केन्द्रविन्दू म्यानमारको राजधानी न्यापित्वदेखि ३९६ किलोमिटर उत्तरमा रहेको र १३५ किलोमिटर गहिराइमा परेको पनि अमेरिकी भूगर्भ मापन केन्द्र युुएसजीएसले जनाएको छ । सो भूकम्पका कारण म्यानमारका कैयौं भवन भत्किएका छन् । manविशेषगरी प्यागोडा शैलीमा निर्मित देवालय एवम् भवनहरु यस भूकम्पको धक्काबाट भत्किएको बिहीबार बिहान प्राप्त समाचारमा जनाइएको छ । जर्मनीको भूगर्वशास्त्र अनुसन्धान केन्द्रले भने बुधबारको भुकम्प ७.१ रिक्टर स्केलको भएको जनाएको छ । यसको धक्काका कारण भाग्ने क्रममा चीन, म्यानमार र बङ्गलादेशमा पनि व्यक्तिहरु घाइते भएका प्राप्त समाचारमा जनाइएको छ । भूकम्पको धक्का म्यानमारका अधिकांश भूभाग, भारत, बङ्गलादेश, चीन, नेपाललगायतका दक्षिण एसियाली मुलुकमा पनि महसुस गरिएको थियो । बिहीबारका सञ्चारमाध्यमहरुले भारतको पूर्वी आसाम राज्य र बङ्गलादेशको पश्चिमी भूभागमा भूकम्पको धक्का शक्तिशाली रुपमा महशुस गरिएको उल्लेख गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले तिब्बतमा भूकम्पका कारण कडा धक्का महसुस गरिएको बताएको छ । तिब्बतमा करिब एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन जारी राखिएको अधिकारीहरले जनाएका छन् । तर बिहीबार बिहानसम्ममा भने कुनै मानवीय क्षतिको समाचार आएको छैन । विशेषगरी म्यानमारमा नागरिकले बुद्ध धर्माबलम्बीहरुको नयाँ वर्षको उपलक्षमा बुधबार रमाइलो गरिरहेका बेला शक्तिशाली भूकम्पका कारण जनजिवन निकै प्रभावित भएको जनाइएको छ ।