“के बालभो“को अफीसियल म्युजिक भिडियो रिलिज

0
557

बैशाख ३ काठमाण्डौ । भिडियो नबन्दै एक बर्ष अघी नै युट्युबमा भाईरल वनिसकेको गीत के बालभो को म्युजिक भिडियो रिलिज भएको छ । सरु राइको शब्द संगीत र गायन रहेको गीतको भिडियोमा चर्चित मोडेल तथानाई नभन्नु ल ४ का नायक पौल शाह , जस्मिनश्रेष्ठ र सालीना गुरुङले फिचरिङ्ग गरेका छन ।
भिडियोलाई नब ढुङेलले निर्देशन् गरेकाहुन । दर्जनौ बिज्ञापन निर्देशनगरिसकेका ढुङेल पछील्लो समय धेरै रुचाईएका निर्देशकमा पर्दछन । उनी आर्टिस्ट नेपाल नेटवर्क अन्तर्गतका आर्टिस्ट नेपाल डट कम, आर्टिस्ट नेपालप्रोडक्सन र ए.एन फेसन स्टुडियोसका संचालक पनि हुन । त्यस्तै क्यामरामा ज्ञानेन्द्र शर्मा र सम्पादन निशान घिमिरेले गरेका छन । गिनियस म्युजिक कम्पनीको प्रस्तुती रहेको यस् गीतअतिनै छोटो समयमा ३० हजार भन्दा धेरैले हेरिसकेका छन ।
गायिका सरु राइले झन्डै २ बर्ष अघी यस गीत रेकर्ड गरेर यत्तिकै छाडेकीथिईन । तर एक संगीतप्रेमीले यस गीतलाई लिरिकल भिडियो बनाई युट्युबमाअपलोड गरेकाथिए, र लाखौंले हेरिसक्दा पनि उनलाई पत्तै थिएन । यही गीतले आफुलाई स्थापित गराउन मद्दत गराउने आशले म्युजिक भिडियो निर्माण गरेको गायिका सरुले बताईन् ।

Video Link :: https://www.youtube.com/watch?v=Obd7YctOJms