बैशाख ३ एजेन्सी। जापानमा गएराती भएको शक्तिशाली भूकम्पमा परी अहिले सम्म ९ जनाको मृत्यु भएको जनाइएको छ भने मृतकको संख्या आउनेक्रम जारी रहेको छ । भूकम्पमा भत्किएका संरचनामा परेर अन्य ७ सय भन्दा बढी घाईते भएको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार बुधबार राति करिब साढे ९ बजे जापानको दक्षिणी क्षेत्रमा केन्द्रविन्दू भएर ६ दशमलव ४ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यसपछि अन्य पराकम्पन जानेक्रम जारी रहेको समाचारमा जजनाइएको छ । भूकम्पका कारण धेरै भवन भत्किएका छन् । भग्नावशेषमा थप मानिस पुरिएको हुनसक्ने आशंका जापानी सरकारी अधिकारीहरुले गरेका छन् । भूकम्पका कारण विद्युत तथा ग्यास आपूर्ति बन्द भएको छ । १६ हजार घरमा विजुली तथा ३८ हजारभन्दा धेरै घरमा ग्यासको आपूर्ति बन्द भएको अधिकारीहरुले जनाएका छन् । क्युसु आइल्यान्डको कुमामोटो शहरको पूर्वी तट केन्द्रविन्दु भएर भूकम्प गएको हो । भुकम्पका कारण भएको क्षतिको यकिन बिबरण आउन समयलाग्ने बताईएको छ ।