बैशाख ३ एजेन्सी। इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट अन्तर्गत आज बेलुकी हुने खेलमा दिल्ली डेयरडेभिल्स र किङ्स ईलेभन पञ्जाव भिड्ने भएका छन् । यसअघिको खेलमा राईजिङ पुने सुपरजाईन्ट्सलाई गुजरात लायन्सले पराजित गरेको थियो । राजकोटमा भएको खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको पुनेलाई सुरेश रैनाको कप्तानीमा रहेको गुजरातले ७ विकेटले पराजित गरेको हो । खेलमा पहिले ब्याटिङ गरेको पुनेले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनायो । पुनेका फाफ डु प्लेसीसले ६९ रन तथा केभिन पिटरसनले ३७ रन जोड्नुभयो । जवाफमा १६४ रनको चुनौती पाएको गुजरातले खेलमा दुई ओभर बाँकी छदा ३ विकेट गुमाएर पुरा जित हासिल गरेको हो ।