बैशाख ३ काठमाण्डौ । काठमाडौँ उपत्यकाकोे सुरक्षा रणनीति बनाउने उद्देश्यले उपत्यका विशेष सुरक्षा गोष्ठी सुरु भएको छ । राजधानीमा पेट्रोलियम पदार्थको सहज आपूर्ति, सुरक्षा योजना लगायतका विषयमा छलफल जारी छ ।
गृहमन्त्री शक्तिबहादुर बस्नेत, गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगो, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहभागिता छ ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले सुरक्षा निकायबीचको आपसी समन्वय, आन्तरिक जीवन सुदृढ र सबल बनाउने विषयमासमेत गोष्ठीमा छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले सुरक्षा निकायले नियमितभन्दा अझ बढी सक्रिय हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।