बेपत्ता छानबिन आयोग सक्रिय द्धन्दकालका घटनाको उजुरी दर्ता गर्न थाल्यो

0
673

काठमाण्डौ बैशाख ३ । सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिबारे छानविन गर्न गठित आयोगले वेपत्ता व्यक्तिका आफन्तहरुको उजुरी दर्ताको काम जारी राखेको छ । पहिलो दिन हिजो विभिन्न जिल्लामा गरि १५ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ । ७५ वटै जिल्लामा स्थानिय शान्ति समिति मार्फत् पिडितले २ महिनाभित्र उजुरी दिन सक्नेछन् ।आयोगले सशस्त्र द्वन्द्व समाप्त भएको करिब १० वर्ष र आयोग गठन भएको १ वर्ष पछि उजुरी लिन थालेको हो ।यस्तै सशस्त्र द्वन्द्वकै अन्य घटनाको छानबिन गर्ने जिम्मा पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले पनि पर्सीदेखि उजुरी दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ ।यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा मनाङ जिल्लाबाट अहिलेसम्म एउटा मात्र उजुरी परेको छ । पश्चिमाञ्चल क्षेत्र हेर्ने गरी क्षेत्रीय कार्यालय स्थापना भएपछि सबैभन्दा कम उजुरी मनाङबाट एउटा मात्र परेको अख्तियारले जनाएको छ ।