बैशाख ३ काठमाण्डौ एजेन्सी । दक्षिण कोरिया र अमेरिकी अधिकारीहरुले उत्तर कोरियाले शुक्रबार बिहान गरेको मिसाइल परीक्षण असफल भएको दावी गरेका छन्। उत्तर कोरियाली नेता किम जोंग उनका हजुरबा तथा संस्थापक नेता किम इल संगको जन्म दिनका गरेको मिसाइल परीक्षण असफल भएको अधिकारीहरुले दावी गरेका हुन् । दक्षिण कोपिरयाली अधिकारीहरुका अनुसार कस्तो प्रकारको मिसाइल परीक्षण गरिएको हो भन्नेबारे स्पष्ट भइसकेको छैन । यसको मार क्षमता कति थियो भन्नेसमेत स्पष्ट भएको उनीहरुको दावी छ। यो परीक्षण कोरियाली प्रायद्वीपमा तनाव बढेका बेला भएको हो । संयुक्त राष्ट्र संघको कडा प्रतिबन्धका बावजुद उत्तर कोरिया लगाचार मिसाइल परीक्षण गरिरहेको छ । उत्तर कोरियामाथिको प्रतिबन्ध जनवरीमा भएको चौथो परमाणु परीक्षण र फेब्रुअरीमा भएको स्याटेलाइट लंचिङपछि लगाइएको हो । मार्चमा उत्तर कोरियाले आफूले ब्यालेस्टिक मिसाइलमा प्रयोग हुने सानो परमाणु उपकरण विकस गर्न सफल भएको दावी गरेको थियो । यद्यपि विशेषज्ञहरुले यो दावीमाथि आशंका व्यक्त गरेका छन्। अमेरिकाका अनुसार उत्तर कोरियाले मिसाइल परीक्षण गरेको थाहा भए पनि कुन प्रकारको मिसाइल परीक्षण गरेको भन्ने विषयमा पूरा जानकारी भएको छैन । अमेरिकी अधिकारीहरुले उत्तर कोरियाले यसप्रकारको काम र कुरा रोक्नुपर्ने बताएका छन् ।