नेपाल र नामिबिया भिड्दै,दर्शकहरुको भिड असाध्यै ।

0
492

काठमाडौं, वैशाख ४ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै छ । बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा हुने खेलमा नेपाललाई जित्नैपर्ने दबाब रहेको छ । यसअघि भएका लिगका सबै खेलमा पराजय ब्यहोरेकाले घरेलु मैदानमा अफ्रिकीमुलुक नामिबियाविरुद्ध नेपाल दबाबमा हुनेछ । पहिलो खेल आज र दोस्रो खेल सोमबार हुनेछ । खेल हेर्नका लागि नेपाली खेल प्रेमीहरु लालायित देखिएका छन् । खेलमा संचारमाध्यमहरुलाई समेत छांयांकनमा निषेध गरिएको छ ।