नामिबियामाथि नेपालको सान्दार जित,नेपाल ५ विकेटले बिजयी ।

0
800

बैशाख ४ काठमाण्डौ। वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत काठमाण्डौको किर्तीपुर स्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बिजयी भएको छ । खेलमा नेपाल ४विकेटले बिजयी भएको हो । ५० ओभरको खेलमा नेपालले ४७.१ ओभरमा लक्ष्य भेट्टाएको हो । नेपालका लागि शरद भेष्वाकरले अर्धशतक पुरा गरे भने बिनोद भण्डारीले उनलाई पछ्याएका थिए । खेलमा नामिबियाले नेपाललाई १९६ रनको लक्ष्य दिएको थियो । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न खेलको पहिलो इनिङमा नामिबियाले पुरा ५० ओभरमा ९ विकेट गुमाएर नेपाललाई १९६ रनको लक्ष्य दिएको थियो।

नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट झारे । सोमपाल कामीले २ विकेट लिए । पारस खड्का र डेब्युटेन्ट सन्दिप लामिछानेले १,१ विकेट झारे ।
शक्ति गौचनले कसिलो बलिङ गरेपनि विकेट लिन सकेनन् । उनले १० ओभर बलिङ गर्दै २ मेडनसहित २८ रन दिए ।

नामिबियाका एसएफ बर्गरले ७६ बलमा सर्वाधिक ३८ रन बनाए । जेजे स्मिथले २२ बलमा २६ रन जोडे । एचएन या फ्रान्सले २६, गरेहार्ड इरासमसले २५, गेरी स्यामानले २३, कप्तान स्टेफन ब्राडले १८ रन बनाए । यसैगरी जेन ग्रिनले १४, जेपी कोट्जर जोभागोेले २,२ रन बनाए ।

नामिबियाले खेलको सुरुवातमा आक्रामक ब्याटिङ गरेको थियो । दोस्रो ओभरको समाप्तिमा उसले २५ रन जोड्यो । तर, पहिलो ओभरमा १५ रन खर्चिएका सोमपाल कामीले आफ्नो दोस्रो ओभरको पहिलो बलमै विकेट कप्तान स्टेफन ब्राड महत्वपूर्ण विकेट झारे ।

त्यसपछि नामिबियको आक्रमक ब्याटिङ एकाएक सुस्तायो । बसन्त रेग्मी सोमपालले पहिलो र दास्रो विकेटले कमजोर बनायो । सातौं विकेटका लागि नामिबियाले १ सय ७ बलमा ३५ रनको सर्वाधिक साझेदारी गर्‍यो । खेलमा डेब्युटेन्ट सन्दिपले १० आभेरमा २ मेडन राख्दै ३७ रन खर्चिएर १ विकेट लिए ।