इक्वेडरमा शक्तिशाली भुकम्प,सुनामी आउन सक्ने चेतावनी ।

0
704

बैशाख ५ काठमाण्डौ एजेन्सी । इक्वेडरको पश्चिम समुद्री तट नजिक आएको ७.८ म्याग्निच्युड तिब्रताको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म ४१ जनाले ज्यान गुमाएका छन् । भूकम्पपछि सयौ बेपत्ता रहेको बताइएको छ। उपराष्ट्रपति जार्ज ग्लेसका अनुसार नजिकको ६ प्रान्तमा आपतकालिन स्थिति घोषणा गरिएको छ। उद्धार र राहतका लागि नेशनल गार्ड तैनाथ गरिएको ग्लेसले बताएका छन् । अधिकारीहरुका अनुसार भूकम्पले ठुलै विध्वंस मच्चाएको छ । भूकम्पसँगै सुनामी आउने सक्ने चेतावनी जारी गरिएको छ। अमेरिकी भूवैज्ञानिकका अनुसार भुकम्पको केन्द्र दक्षिण पूर्वी समुद्री तटीय सहर मुइज्ने नजिक थियो । स्थानीय संचार माध्यमहरुले जनाउ अनुसार सहरमा भवनहरुको छत झरेका छन् भने एउटा फ्लाइओभरसमेत भत्किएको छ। प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पको केन्द्रविन्दुदेखि ३ सय किलोमिटर समुद्रीय किनारका क्षेत्रमा उच्च समुद्री लहर आउने सक्ने चेतावनी दिएको छ।