काँग्रेस सभापति देउवा दिल्ली प्रस्थान,राजनीतिक भेटघाट पनि गर्ने ।

0
483

काठमाडौ, ६ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दिल्ली जानु भएको छ ।
श्रीमती आरजु राणाको स्वास्थ्य उपचारका लागि देउवा दिल्ली प्रस्थान गर्नु भएको हो । पर्सी श्रीमती आरजुको शल्यक्रिया हुने देउवाको सचिवालयले जनाएको छ ।
सभापति देउवा बिहान पौने १० बजे दिल्ली प्रस्थान गर्नूभएको उहाँको सचिवायले जनाएको छ । श्रीमति आरजुको स्वास्थ्य उपचारका लागि दिल्ली गएपनि त्यहाँ उहाँले राजनीतिक भेटघाट गर्नुहुनेछ ।
राजनीतिक भेटघाटको कार्यतालिका भने तय भएको छैन । आजै कांग्रेसका नेता खुमबहादुर खड्का पनि दिल्ली जादै हुनुहुन्छ । दिल्लीमा कार्यक्रममा सहभागि हुन जाने भनिएपनि कार्यक्रमका विषयमा खुलाइएको छैन । कांग्रेस नेता अमरेशकुमार सिंह केहीदिनदेखि दिल्लीमै रहनु भएको छ । सिंहले दिल्लीमा रहेर तहाँका नेताहरुसंग छलफल गरी नेपालको समस्या समाधानका लागि पहल गरिरहेकोले देउवा र खड्काको भ्रमणलाई महत्वका साथ हेरीएको छ ।