युनेस्कोका महानिर्देशक नेपालमा,संपदाहरुको अवलोकनमा ब्यस्त ।

0
305

कपिलवस्तु, ७ बैशाख । संयुक्त राष्ट्रिय शैक्षिक बैज्ञानिक सांस्कृतिक संगठन (युनेस्को)की महानिर्देशक ईरिना भोकभ आज प्राचीन कपिलवस्तु आउँदै हुनु हुन्छ । ३ दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउनु भएकी उहाँ बुद्धको क्रिडास्थल तिलौराकोट आउने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेले जानकारी दिनुभयो । महानिर्देशक काठमाडौ आईसक्नु भएको र आजै लुम्बिनी आउने कार्यक्रम छ । लुम्बिनीको अवलोकन भ्रमण र लुम्बिनी स्थित होटल बुद्धमायामा साढे ११ बजे राखिएको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको युनेस्कोकी नेपालकी कर्मचारी सुजाता खनालले बताउनुभयो ।unisco लुम्बिनीमा हुने कार्यक्रमका लागि युनेस्कोका प्राबिधिक र कर्मचारीहरुको टोली समेत लुम्बिनी आई सकेका छन् । जापानिज फण्ड ईन ट्रस्ट र युनेस्कोको सहयोगमा दास्रो चरणको उत्खनन कार्य सकिएकोले अर्को बर्ष पनि कामलाई निरन्तरता दिने बिषयमा समेत उहाले औपचारिक घोषणा गर्न सक्ने स्रोतले बताएको छ । तिलौराकोटलाई समेत युनेस्कोले बिश्व सम्पदा सुचीमा राख्न तयारी गरेका बेला कार्यकारी निर्देशकका तिलौराकोट भ्रमण निकै उपलब्धीपुर्ण हुने लुम्बिनी बिकास कोषका कर्मचारीहरु बताउछन् ।