काठमाडौ, ७ बैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा भूकम्पपछिको पुनःनिर्माण अभियान, तराई मधेसमा विषेश कार्यक्रम सञ्चालन, आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल हुनेछ ।
त्यस्तै ब्यवस्थापिका संसदको बैठक बोलाउने विषयमा पनि छलफल हुने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । आजै भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको बैठक५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।