बैशाख ७ काठमाण्डौ । भारतको उत्तर प्रदेशको कानुपुरकी एक किशोरीले आफ्नो हुनेवाला श्रीमानको घरमा शौचालय नभएको थाहा पाएपछि बिबाह गर्न अस्विकार गरेको घटना सार्वजनिक भएको छ ।विवाहका लागि सबै तयारी पूरा भइसके पनि उक्त किशोरीले शौचालय समेत नभएको घरमा आफु दुलही बनेर नजाने बताउंदै बिबाह रद्ध गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । परिवारजन पाहुनाको स्वागतको तयारीमा थिए । बिबाह हुन एक दिन मात्रै बाँकी रहंदा किशोरीले बिबाह नगर्ने निर्णय गरेकी हुन् । घटना कानपुरको बर्रा थाना क्षेत्रको हो । नेहा श्रीवास्तावको विवाह गुजैनी क्षेत्रका एक युवकसँग तय भएको थियो । विवाह तय हुने बेलामै युवकले आफ्नो घरमा शौचालय बनाउने बचन दिएका थिए । बेहुलाका परिवारजनले विवाहअघि नै शौचालय बनाइसक्ने बताएका थिए । तैपनि विवाहको दिन नजिकै आइसक्दासमेत शौचालय निर्माण नभएपछि किशोरीले विवाह गर्न अस्वीकार गरेकी हुन्।सोही गाउँकै सामाजिक संस्थाले किशोरीको विवाह शैचालय भएको अर्कै केटासँग तय गरिदिएको छ । किशोरीले बिबाह अस्वीकार गरेपछि युवक पक्षले बर्रा प्रहरी चौकीमा उजुरी दिएका थिए । प्रहरीले यस्तो उजुरी दर्ता नभएको दावी गरेको छ । शौचालयको प्रयोग गर्नु पर्छ भन्ने चेतनाले नेपालीहरुलाई छोइसकेको भए पनि भारतीय नागरीकमा अझै छुन नसकेको यो घटनाले पुष्टि गर्छ भने शौचालय नभए बिबाह समेत नहुने रहेछ भन्ने सन्देशका कारण अब भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले शौचालय बनाउने योजना ल्याउनु पर्ने देखिएको छ ।