एजेन्सी बैशाख ७ काठमाडौ । सेक्स दाम्पत्य र प्रेमपूर्ण जीवनको एउटा अभिन्न अंग हो । के तपाईलाई थाहा छ सेक्स केवल आनन्ददायक मात्र छैन, बरु यो स्वास्थ्य र सुन्दरताका लागि पनि उत्तम मानिनिछ । यहाँ सेक्सबाट हुने पाँच फाइदाका बारेमा उल्लेख गरिएको छ। १। लगातार सेक्स गर्दा तपाईको शरीरमा एट्रोजनलाई उत्प्रेरित गर्दछ, जसले छाला र कपालको गुणस्तर वृद्धि गर्न सहयोगी सिद्ध हुन्छ । यसका साथै छालामा कोलेजन निर्माणमा पनि वृद्धि हुन्छ, जसले छालामा कसाव ल्याउनुका साथै त्यसलाई नरम, लचिलो र चमकदार बनाउँ छ। २। शरीरलाई तन्दरुस्त राख्न र सही आकारमा ल्याउन पनि सेक्स उत्तम उपाय हो । एउटा शोधका अनुसार सेक्सका क्रममा हरेक एक मिनेटमा महिलाहरुले करिब ३।१ क्यालोरी र पुरुषले करिब ४।२ क्यालोरी खर्च गर्दछन् । यसले तपाईको तौला कम गराउनुका साथै शरीरलाई सही आकार प्रदान गर्दछ । ३। तनाव कम गराउन पनि सेक्स उत्तम विकल्प हो । सेक्समा सन्तुष्टिपछि शरीरमा सेरोटोनिनको श्राव हुन्छ, जसले तपाईको मुडलाई फ्रेस बनाउनुका साथै डिप्रेसनबाट बाहिर निकाल्न सहयोग गर्दछ । ४। एउटा शोधका अनुसार जब तपाई सेक्स गर्नुहुन्छ तब फेरोमोन्सको श्रावले तपाईको आकर्षण बढाइदिन्छ र तपाई पहिलाभन्दा सुन्दर र आकर्षक देखिनु हुन्छ । ५। अत्यधिक तनावका बेला सेक्स गर्दा तपाईको तनाव छुमन्तर गर्न सहयोग पुग्छ । विश्वास छैन भने प्रयोग गरेर आफै हेर्दा हुन्छ । सेक्सपछि तपाई तनावमुक्त भएर आफूलाई हल्का महशुस गर्नुहुनेछ ।