अमेरीकामा हुने ब्यापार मेला प्रति ब्यबसायीहरु आकर्षीत

0
603

बैशाख ७ काठमाण्डौ प्रकाश चन्द्र दाहाल  । अमेरिकाको व्यापारिक शहर न्युयोर्कमा आगामी सेप्टेम्बरमा हुन लागेको नेपाली उत्पादन तथा सेवाको बृहत प्रदर्शनीमा सहभागीता जनाउन उल्येख्य कम्पनीहरुले प्रस्ताव गरेका छन् । बिशेष गरि गलैचा, थान्का, बांसजन्य उत्पादन, दुग्ध उत्पादन, खुकुरी निर्माण तथा निर्यात गर्ने संस्थाका साथै पर्यटनसंग सम्बन्धित ब्यबसाय गर्ने हरुले सहभागीताका लागि इच्छुक देखिएका छन् । मेलामा सहभागी हुने कम्पनीहरुले निश्चित मापदण्ड पुरा गर्नु पर्र्ने भएकाले विभिन्न उत्पादन निर्यात गर्न सक्ने र सेवा दिन सक्ने संस्थाहरुले सहभागीता जनाउने आयोजकले प्रष्ट्याएको छ । मेला येही आगामी सेप्तेम्बेर ३० देखि अक्टोबर २ सम्म अमेरिकाको न्युयोर्कमा हुदैछ ।

वोल्र्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट (एल एल सी) ले कार्यक्रम को आयोजना गर्न लागेको हो । कतिपय ब्यबसायीहरुको मेलामा भाग लिने बहानामा उतै बस्न सक्ने सम्भावना प्रति आयोजक सचेत रहेको रहेको एल एल सीका निर्देशक संजय थापाले सञ्चारखवरलाई जानकारी दिनु भयो । मेलामा सहभागिता जनाउन इच्छुक कम्पनि को आधिकारिकता र बजारको अवस्थालाई हेरेर मात्रै मेलामा सहभागी गराउने निर्णय लिने निर्देशक थापाको भनाई थियो ।

अमेरीकामा हुनलागेको मेलाका सम्बन्धमा नेपाली ब्यबसायीहरु अत्यन्त उत्साहित रहेका छन् । नेपाली उत्पादन तथा सेवा को अन्तरास्ट्रिय बजार खोजिनु अत्यन्त सकारात्मक भएको भन्दै यसलाई सफल पार्न सबैजना एकजुट हुनुपर्ने ब्यबसायीहरुको धारण रहेको छ । मेला महत्वपुर्ण भएको भन्दै उद्योग बाणिज्य महासंघ, साना तथा घरेलु उद्योग महासंघ, नेपाल पर्यटन बोर्ड पनि मेलाका सहयोगीको रुपमा आबद्ध भएका छन । मेलाले नेपालमा उत्पादन भएका घरेलु उत्पादनले अमेरीका लगायत बिश्व बजारमा जाने अवसर पाउने भएकाले अमेरीकाले दिएको भन्सार छुटको फाईदा लिनु पर्नेमा ब्यबसायीहरुको ध्यान तानेको छ ।