प्रकाश चन्द्र दाहाल बैशाख ८ काठमाण्डौ । आगामी सेप्टेम्बरमा अमेरीकाको ब्यापारीक शहर न्युयोर्कमो वल्र्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्यान्ट (एलएलसि)को आयोजनामा हुने ब्यापार मेलाका लागि छोटो समयमानै धेरै स्टल बुकिङ भएको छ । नेपाली उत्पादन तथा सेवाको बिषेश प्रदर्शनिमा बिभिन्न संस्था तथा कम्पनीले अनलाईन मार्फत दर्ता गर्र्नेक्रम तिब्ररुपमा भैरहेको छ । वल्र्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्यान्ट (एलएलसि) अमेरिका स्थित मेरिल्याण्ड राज्यमा दर्ताभइ आधिकारिकता प्राप्तगरेको सन्स्था हो साथै यो संस्थाले स्थापना कालदेखी नै बिभिन्न ब्यबसायिक गतिबिधी सञ्चालन गर्दै आएको छ । यसै संस्थाको आयोजनामा हुनलागेको बृहत प्रदर्शनिमा निश्चत मापदण्ड पुरा गरेका कम्पनी तथा संस्थाहरुले स्टल राख्न पाउने ब्यबस्था मिलाईएको छ ।
उक्त ब्यापार मेलाको प्रमुख उद्देश्य नै नेपाल र अमेरिका बिचको ब्याबसायीक सम्बन्ध बिस्तार गर्नु रहेको छ । साथै उक्त मेलाले बिश्वभरि छरिएर रहेका नेपाली तथा अन्य मुलुकाका ब्यबसायीलाई एकै ठाउँमा भेट गराउन महत्वपुर्ण भुमिका खेल्ने पनि आयोजकले जनाएको छ । आयोजक संस्थाका कार्यकारी निर्देशक सन्जय थापाका अनुसार मेलाको अर्को उद्धेश्य नेपाली उत्पादनलाई अमेरिका हुँदै बिश्बजार सम्म पुर्याउनु रहेको छ ।
बिषेश गरी बिभिन्न नेपाली उत्पादनमा अमेरीकाले दिएको भन्सार छुटको फाइदालिन यो प्रदर्शनि निकै महत्वपूर्ण हुने नेपाली ब्यबसायीको निश्कर्ष रहेको छ । बिभिन्न छालाका उत्पादनहरु कपडा, झोला,जुत्ता,टोपि,टेक्स्टायल्स,कार्पेट तथा हस्तकला सम्ब्न्धी सामाग्रीहरुमा अमेरिकी सरकारले भन्सार छुटको ब्यबस्था गरेकाले सम्बन्धीत ब्यबसायीले फाइदा लिने आयोजकको बिश्वास रहेको छ । सोही कारण स्टलबुकिङ खुल्ला गरिएको छोटो समयमा नै धेरैले बुकिङ गरेका छन् । अनलाईनमा www.wbmconsultants.com लग इन गरी स्टल बुक गर्ने ब्यबस्था समेत मिलाइएको छ भने नेपालमा पनि वल्र्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्यान्ट (एलएलसि)को कार्यालयबाट स्टलबुक गर्न सकिने एलएलसिका कार्यकारी निर्देशक सञ्जय थापाले जानकारी दिनुभयो ।