न्युयोर्कमा भएको प्रारम्भिक निर्वाचनमा ट्रम्प र क्लिङटन विजयी

0
285

एजेन्सी बैशाख ८ काठमाण्डौ । अमेरिकी संचार माध्यमहरुका अनुसार न्युयोर्कमा भएको प्रारम्भिक निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिङटन विजयी भएका छन् । यद्यपि मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। एक्जिट पोलका अनुसार ट्रम्प आफ्नो प्रतिद्वन्द्वी जान काशिचभन्दा निकै अगाडि देखिएका छन् ।hil यता डेमोक्रेटिकी हिलारी क्लिङ्टन र उनका निकटतम प्रतिद्वन्द्वी बर्नी सैंडर्सबीच कडा प्रतिस्पर्धा भएको छ।trump मंगलबार न्युयोर्कमा डेमोक्रेट्स र रिपब्लिकन्सले राष्ट्रपति पदका लागि आआफ्नो उम्मेदवार चुन्न मतदान गरेका थिए। यो जितपछि ट्रंप र क्लिंटनलाई उम्मेदवारी दावी थप बलियो हुनेछ । अमेरिकी चुनावमा वर्षौपछि यसप्रकारको प्रारम्भिक निर्वाचनका यस्तो कडा प्रतिस्पर्धा देखिएको छ। यो निर्वाचनलाई ‘न्युयोर्क युद्ध’का रुपमा समेत चित्रण गरिएको थियो ।