काठमाडौ, ९ बैशाख । मधेसी मोर्चा नेतृत्वको संघीय गठबन्धनले आज आन्दोलनका कार्यक्रम तय गर्ने भएको छ । काठमाडौ केन्द्रित गर्ने वा मधेसमा जिल्लामा गर्ने भन्नेमा कुरा नमिलेपछि आन्दोलनका कार्यक्रम तय हुन सकेको छैन । आज जिल्ला केन्द्रित गर्ने गरी आन्दोलनका कार्यक्रम तय गर्ने तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश यादवले जानकारी दिनुभयो । हिजो बसेको गठबन्धनको बैठकले आन्दोलका कार्यक्रमलाई अन्तिम रुप दिए पनि आज मात्र सार्वजनिक गरिने उहाँले बताउनु भयो । तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता यादबका अनुसार यही वैशाख दोस्रो हप्तादेखि आन्दोलन सुरु गर्नेमा सहमति भएको छ । जनतालाई सास्ती नहुने आन्दोलन सार्वजनिक हुने यादवले जानकारी दिनुभयो ।