बुटवल, ९ बैशाख । एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले सरकारका काम प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । क्रान्तिकारी पत्रकार संघले आज बुटवलमा गरेको पत्रकामर सम्मेलनमा वोल्दै उहाँले सरकारका काम सुस्त गतिमा भएको भन्दै सुधारको खाचो औल्याउनुभएको हो । माओवादीका तर्फबाट सरकार सहभागि मन्त्रीहरुले समेत नीतिगत रुपमा सुधार गर्नुपर्ने काममा प्रभावकारीता नदेखिएको भन्दै उहाले नीतिगत रुपमा सुधारका काम गर्नुपर्ने बताउनुभयो । जनताको चाहना तीस्व्र गतिमा काम होस् भन्ने रहेको तर काम घस्रिने गतिमा भएको भन्दै उहाँले माओवादीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुले नीतिगत रुपमा नराम्रो काम काम नगरेको दावी समेत गरे । उहाँले तत्काल चुरे क्षेत्रका वनमा भएको आगलागी नियन्त्रणका लागि काम हुनुपर्ने भन्दै यसका लागि जनतालाई जागरुप पानुपर्नेमा जोड दिनुभयो । त्यस्तै सुदुरपश्चिमका जिल्लाहरुमा भुकमरी र संक्रमणकारी रोगहरुको खतरा रहेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । त्यस्तै भुकमरी रोक्न खाद्यन्य ढुवानीको ब्यवस्था मिलाउन आर्पूर्ति मन्त्री लागि पनुपर्नेमा शर्माले जोड दिनुभयो । भुकम्पपीडितका लागि छानो र मानोको ब्यवस्था गर्न सरकार लागि पनुपर्नेमा उहाले जोड पनि दिनुभयो । एमाओवादी प्रवक्ता शर्माले एमाओवादी र मोहन वैद्यले नेतृत्व गरेको माओवादी वीचको एकताको प्रक्रियाले केही दिनमै परिणाम ल्याउने विश्वास पनि ब्यक्त गनुभयो । त्यस्तै राष्टिय एजेण्डामा दलहरुवीच एकमत हुनुपर्ने खाँचो औल्याउदै उहाले संविधान कार्यान्यवन गर्दै राष्ट निर्माणमा जुट्नुपर्ने वेलामा काग्रेस र मधेशवादी दलहरु समेत सरकारमा सहभागि हुनुपर्ने बताउनुभयो । सरकार परिवर्तनको संभामवना तत्काल नदेखिएको चर्चा गर्दै उहाँले एमाओवादी सरकार वनाउने र भत्काउने बाटोमा नरहेको पनि स्पष्ट पार्नुभयो ।