नीजि बिद्यालयको मनोमानी रोक्न सरकारलाई बिद्यार्थीहरुको चेतावनी ।

0
974

बैशाख ९ काठमाण्डौ । निजी बिद्यालयहरुले नयाँ भनामा मनपरि शुल्क लिए पछि बिद्यार्थी संगठनहरु आन्दोलनले आन्दोलन गर्ने भएका छन् । नेपाल बिद्यार्थीसंघको कार्यालयमा आज बसेको बैठकले निजी बिद्यालयहरुले लिदै आएको मनपरी शुल्क तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छ । सरकारले गम्भीरताका साथ नलिए बिद्यार्थीहरुले नै रोक्ने सम्मको चेतावनी बिद्यार्थीहरुले दिएका छन् । presबिद्यार्थीहरुले ७२ बैशाख ६ गते सरकार संग भएको १० बुदे सहमति कडाईका साथ लागू गराउन सबै संगठन का तर्फबाट १ ,१ जना प्रतिनिधि रहने कायदल समेत गठन गरेको छ । उक्त कार्यदलले दिएको प्रतिबेदनका आधारमा आन्दोलनका थप कार्यक्रम तय गरिने निर्णय गरेको नेबिसंघका प्रवक्ता यु पि लामिछानेले जानकारी दिनु भयो । कायदललाई ६ दिनको समय तोकिएको छ । स्व बि यु निर्वाचन तत्कालै सम्पन गराउनका लागि सबै संगठनका अध्यक्ष तहमा गम्भीर छलफल गरि तत्काल सहमति जुटाउने निर्णय पनि आजको बैठकले गरेको छ । मुलुकमा ब्याप्त कालोबजारी तत्काल नियन्त्रण गर्न पनि सरकारलाई आग्रह गरेको छ । आज सम्म नेपाल सरकार लगायत सरोकारवाला निकाय र बिधार्थी संगठन बिच भयका सबै सहमति लागू गराउन जिम्मेवार बन्न आग्रह गरेको छ । सरकारले बिगतका सम्झौता कार्यान्वयन नगरे कडा आन्दोलनको कार्यक्र सार्वजनिक गर्ने पनि बताइएको छ ।