सल्यान, १५ बैशाख । सल्यानमा आगलागीमा परी एकै घरका आमाछोराको ज्यान गएको छ । सल्यान शारदा नगरपालिका वडा नं. ११ हिवल्चा स्थित बागमारेका ४५ वर्षिया बालिका बस्नेत र छोरा १२ वर्षिय नविन बस्नेतको जंगलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा गएराती आमाछोराको जलेर ज्यान गएको हो । विगत एकहप्ता देखि जंगलमा लाग्दै आइरहेको आगो गाउँमा पस्न थालेपछि नियन्त्रण गर्न जाँदा आमाछोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । आगो नियन्त्रण बाहिर रहेको बताइएको छ ।