हुम्लामा रुघाखोकी र मौसमी ज्वरोले१६ जनाको मृत्यु

0
973

वैशाख १५ काठमाडौं । लामो समयको खडेरीपछि हुम्लामा फैलिएको रुघाखोकी, मौसमी ज्वरो र दमले १६ जनाको मृत्यु भएको छ ।
स्याडा र राया गाविसमा फैलिएको रुघाखोकीले १६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका निमित्त प्रमुख अमरदीप देवले जानकारी दिए ।humla hospital
जिल्ला स्वास्थ कार्यालय हुम्लाले बिरामीको उपचारका लागि गाउँमा चिकित्सकको टोली पठाइसकेको जनाएको छ । मृत्यु हुनेमा १५ जना ६० वर्ष माथिका र एकजना ३७ वर्षीय पुरुष छन् ।
रुघाखोकी र मौसमी ज्वरोको कारणले दुईजनाको फागुनमा, सातजनाको चैतमा र सातजनाको वैशाखमा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले बाँकी प्रभावित २४ गाविसमा औषधि पठाइसकिएको पनि जनाएको छ ।