प्रधानमन्त्री ओली पुगे सुनसरी,पुर्वका कार्यालय प्रमुखहरुलाई निर्देशन दिने

0
327

सुनसरी  १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली सुनसरी जिल्लाका विभिन्न स्थानमा आयोजना भएका कार्यक्रममा सहभागी हुन सुनसरी पग्नु भएको छ ।   प्रधानमन्त्री ओली नेकपा एमालेको सातौं धरान नगर अधिवेशन समारोह उद्घाटनका लागि धरानस्थिन भानुचोक पुग्नुहुने कार्यक्रम रहेको छ । उहाँले हालै उपमहानगरपालिका बनेको धरान क्षेत्रको पार्टीको नयाँ संरचना अनुसारको पार्टी नेतृत्व छनोटका लागि हुन लागेको अधिवेशन उद्घाटनपछि दिउँसो २.३० बजे जिल्ला प्रशासन कार्यालय इनरुवामा कार्यालय प्रमुखलाई निर्देशन दिने कार्यक्रम  रहेको छ । जिल्लाका सम्पूर्ण कार्यालय प्रमुखलाई सरकारको नीति तथा कार्यक्रमका विषयमा निर्देशन दिनु भएपछि प्रधानमन्त्री ओली आजै नेकपा एमाले सुनसरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुहुनेछ ।  प्रधानमन्त्री ओली आजै अपराह्न राजधानी फर्कने कार्यक्रम रहेको छ ।