पार्टी एकिकरणको बिषय आज टुङगिदै,स्थायी समिति बैठक आज पनि ।

0
227

काठमाडौ, १७ बैशाख । एकीकृत नेकपा एमाओवादी स्थायी समितिको बैठकमा आज पनि बस्दै छ । बैठकमा पार्टी एकीकरणलगायतका विषयमा छलफल हुने बताईएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बस्ने बैठकमा सरकारको काम कारवाही, नयाँ बजेट र नीति तथा कार्यक्रमका विषयमा छलफल हुनेछ । एमाओवादीले जिम्मा लिएका मन्त्रालय अन्तर्गत जनप्रीय कार्यक्रम ल्याउने विषयमा पनि छलफल हुनेछ । स्थायी समिति बैठकमा माओवादी पार्टीबीच एकताको विषयमा पनि छलफल हुनेछ । पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकताका लागि एमाओवादीले छलफल चलाइरहेको छ । तर एकताको विषय टुङ्गो लागेको छैन ।