डडेलधरामा आगलागीमा परि ३ सुरक्षाकर्मी र ५ स्थानीय घाईते ।

0
298

डडेलधुरा बैशाख १७ । डडेल्धुरा सदरमुकामको प्रमुख व्यापारिक केन्द्र बागबजारमा आज आगलागी भएको छ । बिहान सात बजे स्थानीय मदनप्रकाश पाण्डेको घरमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगोले पाण्डेसहित छिमेकीको घरसमेत जलेर नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा तीन जना सुरक्षाकर्मी र पाँच जना सर्वसाधारण गरी आठजना घाइते भएका छन् । अमरगढी नगरपालिकाको दमकल बिग्रेकाले घटनास्थलमा दमकल पुग्न नसकेका कारण बजारको खानेपानीको पाइप काटेर स्थानीयले साढे दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । अमरगढी नगरपालिकाको दमकल उपलब्ध नभएको भन्दै स्थानीयले अमरगढी नगरपालिकाको कार्यालयमा तोडफोडसमेत गरेका छन् । आगलागीको कारण दुई घर र दुई पसलमा पूर्ण रुपमा क्षति पुगेको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल पुलिस, स्थानीयबासी र व्यापारीहरु जुटेका थिए ।