दलिय हठका कारण संसदको नियमावलि अन्यौलमा ।

0
535

काठमाडौ, १८ बैशाख । ब्यबस्थापिका संसदको नियमावली बनाउनका लागि फागुन ५ गते स्थगित गरिएको संसदको अधिवेशन बैशाख २१ गतेबाट सुरु हुँदैछ । व्यवस्थापिका संसद अहिले अन्तरिम नियमावलीका भरमा चलिरहेको छ । नियमावली नबन्दा संसद सञ्चालनमा त अप्ठ्यारो परेको छ नै संबैधानिक निकायमा नियुक्तहुनेहरुको सुवाई समेत प्रभावित भएको छ । जस्को कारण सुनुवाईका लागि सिफरिसमा परेकाहरुको सुनुवाई प्रक्रियासमेत रोकिएको छ । शिर्ष नेताहरुले सहमति जुटाउन प्रयास नगर्ने र कार्यदल तहमा कोरम नै नपुग्ने समस्या भएका कारण अन्यौल कायम रहेको छ । मसौदा समितिका सभापति राधेश्याम अधिकारीले अब बस्ने बैठकबाट प्रक्रिया अगाडी बढाउने जानकारी दिनुभयो । संसदीय सुनुवाइ विशेष समिति संरचना पुरानै हुनुपर्ने प्रतिपक्षी नेपाली कांग्रेसको अडान कायमै रहेको छ भने सत्ताधारी दलहरु नेकपा एमाले र एकीकृत माओवादी नयाँ संविधानको व्यवस्था अनुसार नै हुनुपर्ने अडानमा रहेका कारण मसौदा बन्न नसकेको हो ।