काठमाडौ, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बसीरहेको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक आह्वान गर्नु भएको हो । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई बोलाएको बए पनि मधेशबादि दलका नेताहरु भने बैठकमा सहभागी भएका छैनन् । बैठक सिंहदरबारमा बसीरहेको छ । भूकम्पपछिको पुनर्निर्माण तथा अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।