काठमाडौं, वैशाख १९ – सुनको भाउ तोलाको ५ सय रुपैयाँले बढेको छ । सुन आइतबार ५ सय रुपैयाँ बढेर तोलाको ५७ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
केहीदिन यता सुनको भाउमा लगातार वृद्धि भैरहेको छ । गएको शुक्रबार मात्रै सुनको भाउ तोलमा १२ सयले बढेको थियो । यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर तोलाको ८ सय ५ रुपैयाँमा किनबेच भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको भाउ बढेको व्यवसायीले बताएका छन् ।