नेपाल बिद्यार्थी संघको अधिबेशन असारमा हुने

0
382

बैशाख १९ काठमाण्डौ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ ।
नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले पार्टी सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा भेटी असार पहिलो साता महाधिवेशन गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । सभासद समेत रहनुभएका कर्णलाई बोलाएर महाधिवेशनको तयारीका बारेमा सभापति देउवाले जानकारी लिनुभएको थियो । देउवाले पार्टीको प्रतिष्ठासंग गंँसिएकाले नेबिसंघको महाधिवेशन यथाशीघ्र गर्न निर्देशन दिनुभएको थियो । पार्टीको निर्देशनपछि भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला सङ्घले भदौमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन । अबको केहि दिनभित्र महाधिवेशनको मितितय गरिने अध्यक्ष कर्णले जानकारी दिनुभयोे । पार्टीको महत्वपूर्ण भ्रातृ संस्था नेविसङ्घको महाधिवेशन नौ वर्षदेखि हुन सकेको छैन् ।