बैशाख १९ काठमाण्डौ । व्यवस्थापिका संसद् नियमावली निर्माण र आगामी बजेट अधिवेशनको बिषयमा सभामुख ओनसरी घर्तीमगर र प्रमुख दलका सचेतकहरुबीच छलफल भएको छ । सभामुखको कार्यकक्षमा भएको छलफलमा प्रमुख दलका प्रमुख सचेतकहरुले ब्यबस्थापिका संसद्को बजेट अधिवेशन नियमावली निर्माणको बिषयमा छलफल भएको जानकारी दिएका छन् । सभामुख र प्रमुख सचेतकहरुबीचको छलफलमा समेत व्यवस्थापिका संसदको नियमावली निर्माणको बिषयमा छलफल भएको थियो । बिहान सम्पन्न सभामुख र प्रमुख दलका शीर्ष नेताहरुसँगको छलफलमा जस्तै व्यवस्थापिका संसदको नियमावदी निर्माणको बिषयमा समेत छलफल भएको थियो । सभामुख र प्रमुख सचेतहरुको छलफलमा पनि दलका प्रमुख सचेतहरुले दलिय धारणा राखेका थिए । छलफलपछि प्रतिकृया दिदै कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले व्यवस्थामिका संसदको अन्य समितिहरु जस्तै संसदीय सुनुवाइ समिति समेत स्वत रुपान्तरण हुनु पर्ने बताउनु भयो । व्यवस्थापिका संसद्को नियमावदी बन्न नसक्दा संसद् अन्तरगतका विभिन्न कामहरु रोकिएका छन् । पुरानै संसदीय सुनुवाइ समितिलाई निरन्तरता दिने वा नयाँ बनाउने भन्ने बिषयमा दलहरुबीच मतभेद रहदाँ संसदीय सुनुवाइ समेत प्रभावित भएको छ ।