देशको मुहार फेर्न,न्युयोर्कमा ब्यापारीक मेलाको आयोजना : पौडेल

0
1055

आगामी सेम्टेम्बर ३० देखि अक्टोबर २ सम्म अमेरीकाको न्युर्योकमा हुने नेपाली बस्तु तथा उत्पादनहरुको बृहत प्रदशनीलाई मध्यनजर गर्दै प्रचार प्रसारका कामहरु भैरहेका छन् । आयोजकले जनाए अनुसार मेलामा सहभागी मध्ये तीस प्रतिशतले मात्रै लाभ लिए पनि नेपाललाई धेरै फाईदा हुने छ । तर नेपाली उद्यामीले कसरी मेलामा सहभागीता जनाउने ? खर्च कति लाग्ने ? मेला कसरी सँचालन हुँदै छ भन्ने बिषयमा मेला प्रचार प्रसार समितिका संयोजक टेकराज पौडेलसँग सञ्चारखवरका प्रकाश चन्द्र दाहालले गरेको कुराकानी   ।tek

सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा नेपाली उत्पादनको बृहत प्रदर्शनी हुदैछ यसको तयारी कहां पुग्यो ?
हामीले नेपाली उद्योगहरुलाइ केन्द्रीत गरेर २०१६को सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म मेलाको आयोजना गरेका छौ । जसका लागि अमेरीकाको सबैभन्दा महंगो ठाउं म्यानहटनको पियर ९२ को ब्यस्त प्रदर्शनी कक्षमा नेपालको ब्यापार प्रबर्दन गर्ने ब्यबस्थापन गरेका छौ । अमेरिकाको न्युयोर्क सिटीको म्यानहटन भन्ने ठाउमा एउटा ठुलो प्रर्शनी हुने ठाउँछ र त्यहा मेला सञ्चालन गर्न नेपालबाट जाने ब्यापारीहरुका लागि स्टलबनाउने काम चलिरहेको छ र ग्राहकहरुको लागि मेलाको प्रचार प्रसार अमेरिकामा भइरहेको छ भने नेपालमा पनि हाम्रो कार्यालयबाट सबैप्रकारको काम भैरहेको छ । पुतली सडकमा रहेको कार्यालयबाट दर्ता गर्ने देखि अन्य सबै कामहरु भैरहेका छन् । करिब ३५÷४० जना उद्योगीले शुल्क पनि जम्मा गरिसक्नुभएको छ । केहि दिन भित्रै दुइ अढाइ सय जनाले शुल्क जम्मा गर्नुहुनेछ । हामी निरन्तर नेपाली उत्पादनलाई बिश्वब्यापीकरण गर्नु पर्छ भन्ने कार्यमा लाग्दै आएका छौ । जुन कुराको पुष्टि यो प्रदर्शनीमा हुने सहभागीता र त्यसको परिणामले गर्ने छ ।
म्यानहटन जस्तो महंगो ठांउमा मेलाको आयोजना गरेका छौ भन्नु भयो महंगो ठांउमै किन गर्नु पर्यो प्रदर्शनी ?
अहिले सम्म अमेरीकामा बिश्वका जति पनि मेला भएका छन् सोही ठाउँमा भइरहेका छन् । त्यहाँका मानिसहरुको किनमेल गर्ने,घुम्ने,मनोरन्जन गर्ने ठाउँ नै म्यानहटन हो यदि हामीले अन्तै मेला गर्ने हो भने मेलाको औचित्य हुंदैन । म्यानहटन भनेकै प्रदर्शनीको लागि प्रसिद्ध छ । मेला त मान्छे भएकै ठाउँमा गर्ने हो गाउँमा गएर मेला गर्नुको औचित्यै हुँदैन ।
ब्यबस्थापकीय पक्षलाइ प्रभावकारी बनाउँदै सहभागीहरुलाई उत्साहित बनाउन कसरी के के गरी राख्नु भा छ ?

प्रर्दशनीमा जाने हाम्रा सहभागिहरुको लागि होटलको बुकिङको कुरा भैरहेको छ । उहाँहरुले बाहिरबाट जाने जो सहभागिहरु, ग्राहकहरु हुन्छन् उनिहरुलाइ हाम्रो रेकर्ड लिएर कँहा र कस्ता ब्यक्तिले सम्पर्क राख्छन् भनेर इमेलमा पठाउनुहुन्छ । यो प्रदर्शनिमा आउनुस् भनेर मेल पठाउने, फोन नम्बर भए ठुला ब्यापारीलाइ फोनबाटै बोलाउने र निमन्त्रणा पठाउने काम अमेरिकाबाट भैरहेको छ । यस्तै नेपालमा पनि सकारात्मक सन्देश फैलाउनका निमित्त मिडीयाका साथीहरु पनि लागिपर्नुभएको छ र त्यसमा रहेको समस्याहरुको पनि गम्भिर छलफल गर्ने र समस्याहरुको निराकरण गर्दै अगाडी बढदै छौ ।
यो प्रदर्शनीकोलागी लाग्ने खर्च कसरी ब्यबस्थापन गर्दै हुनुहुन्छ ? यसको उद्धेश्य नाफा कमाउने हो या बजार प्रबर्दन गर्ने ?
हामी नाफा कमाउन यतिधेरै रिक्स मोलेर काम गर्दैन थियौ । नाफाको लागि धेरै सजिला काम गर्न सकिन्छ अमेरीकामा । नेपालमा भएका जति पनि उद्योगहरु छन् त्यसलाई बन्द गर्ने,नेपाली पुँजीलाई पलायन गराउने, नेपालको पूँजी बजारलाई धारासायी बनाउने जस्ता कार्यहरुको सिकार भएको हाम्रो देश बनाउन र यहाँका उत्पादनलाई बिश्वबजारमा लैजान हामीले रिक्स मोलेका छौ । गाउँ गाउँमा थोरै लगानीमा आफ्नै कच्चा पदार्थको प्रयोगबाट जस्ले आत्मनिरभरताको बाटो खोजेका छन् उनिहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले यो मेलाको आयोजना गरेका हौ । अब यस्मा कतिले सहभागीता जनाउंछन् यो कति सफल हुन्छ भन्ने आधारमा हामीले के गर्न खोजेको हो भन्ने कुरा आगामी दिनमा प्रष्टहुन्छ ।
यो मेला तपाईले भने जस्तै सफल भयो भने नेपाललाई के के फाईदा हुन्छ ?
अमेरीकी राष्ट्रपति बराक ओबामाले नेपालका ६६ वटा उत्पादन,छालाजन्य,पेटी,स्कुलका ड्रेस,ब्याग,कार्पेटहरुमा भन्सार छुटको ब्यबस्था गर्नु भएको छ । यो मेलाले त्यस्ता बस्तुहरुको बजारीकरण त हुन्छ नै । त्यसका अलावा गाउंको साना बस्तुहरुदेखि लिएर थान्का चित्रकला,हस्तकला,बन्जीजम्प,प्याराग्लाइडिङ,¥याफटिङ लगायतको प्रदर्शनीले नेपालको पर्यटनको प्रचार प्रसार पनि गर्छ । मेलामा सहभागी भएका ३० प्रतिशत मात्रै सहभागीहरुले फाईदा लिए भने पनि मुलुकलाई धेरै फाईदा हुन्छ । हामी नेपालीहरुमा ठूला–ठूला कुरा मात्रै गर्ने साना बिषयलाई स्थान नदिने बानी परेको छ तर हामी यो मेलामा साना—साना चिज र बस्तुबाट फाइदा लिन सकिन्छ भन्ने निष्कर्षका साथ लागेका छौ हाम्रो सफलता सुनिस्चित छ ।
तपाईहरुले आयोजना गरेको मेलामा गएर एक पटक त ब्यापार गरौला तर त्यसलाई निरन्तरता दिन त कठिन छ नी ?
निरन्तरता दिन कठिन छैन । जस्ले पुँजी लगाएर मजदुर राखेर उद्योग चलाएको छ उस्ले आफ्नो लगानी सुरक्षित गर्न मेहनत त गर्नै पर्छ । हाम्रो बजार अत्यन्तै सानो छ । अब हामीले आफ्नो ब्यापारलाई बिश्वब्यापीकरण गरेनौ भने हामी बजारमा टिक्न सक्दैनौ । हामीले आफ्नै उद्योगलाई संबृद्ध बनाउने काम गर्नु पर्यो,उसले आफ्नो वेभसाईट बनाउनु पर्यो,ईमेल बनाउनु पर्यो,ब्यापारी संग सम्बन्ध बनाउनु पर्यो त्यसपछि निर्यात गर्ने काम त अन्य निकायले गरिहाल्छन् नी सबै काम एउटैले गर्नु पर्छ भन्ने छैन । उद्योगीले लगानी बढाउनु पर्यो,उत्पादन बढाउनु पर्यो । ए नेपालमा यस्तो बस्तु पाईन्छ है भन्ने अमेरीकामा ब्यापार गर्नेलाई थाहा हुनु पर्यो तपाईको समान बेच्न कतै जानै पर्दैन । उनीहरु नै आउंछन् किन्न । एउटै ब्यक्तिले राजनीति गर्ने,ब्यापार गर्ने उद्योग चलाउने,एनजिओ,आइएनजिओ चलाएर देश बन्दैन एउटा—एउटा सेक्टरमा लाग्नु पर्यो देश बनाउन गाहे छैन ।
यो मेलामा सहभागी हुनका लागि कस्तो उद्योगलाई प्राथमिकता दिने ? के कस्ता सर्तहरु पालना गर्नु पर्ने ? कती खर्च लाग्ने भन्ने त अनुमान गर्नु भा होला नी ?
कुनै पनि साना तथा घरेलु उद्योगहरुमा कम्तीमा ५ जना श्रमीक हुनु पर्छ कम्तीमा दर्ता भएको २ बर्ष हुनु पर्छ,भ्याट वा प्यानमा दर्ता भई राज्यलाई कर तिरेको हुनु पर्छ , भने कम्तीमा ६ महिनाको बंैकीङ कारोबार देखिएका कम्पनीले मात्रै भागलिन पाउंछ जस्को भिसा लाग्ने सम्भावना हुन्छ ।
मेलामा सहभागी हुन एउटा उद्योगबाट कती जना जान पाउने ? कती सामान लान पाउने ?
एउटा उद्योगबाट २ जना जान पाउंछ,जसको लागि १०/१० को स्टल लिनु पर्छ, वा म त्यो भन्दा धेरै जना जान्छु र धेरै सामान पनि लैजान्छु भन्छ भने त्यसै अनुसारको स्टल लिनु पर्ने छ । दुई जना मान्छे जाँदा स्टल सहितको साँढे सात हजार डलर लाग्छ ३ जना जाने हो भने १०/२० को स्टल लिनु पर्छ जसको लागि नौ हजार एक सय डलर पर्छ । चार जना जाने हो भने १०/३० को स्टल लिनु पर्छ त्यसको खर्च साँढे दश हजार डलर पर्छ । यो खर्च होटल बुकिङ,स्टलको खर्च,टिकटको खर्च हो । त्यसमा दुइ सय ९९ डलर दर्ता खर्च लाग्छ जुन फिर्ता हुँदैन । भिसा शुल्क पनि जाने ब्यक्तिले नै तिर्नु पर्छ । यो भन्दा बाहेक कोही ब्यक्ति म आफै ब्यबस्था गरेर जान्छु भन्छ भने पनि जान सकिन्छ । एउटा उद्योगले १ क्विन्टल बराबरको सामान लैजान पाउंछ । यदि मेला अबधिभरमा उस्को सामान बिक्रि भएन भने बाँकी रहेको समान होलसेल मुल्यमा आयोजकले नै खरिद गर्ने हुंदा मेलामा उत्साहप्रद सहभागीता रहन्छ भन्ने हाम्रो बिश्वास छ । स्टल बुकिङको पैसा पठाउनको लागि हामीले राष्ट्रबैंक मार्फत ब्यबस्था मिलाएका छौ । अरु सहयोगका लागि हामी चौबिस घण्टा तयार छौ ।
यो मेलामा नेपालबाट कति अद्योगीहरुले सहभागीता जनाउंदै छन् ?
मेलामा जम्मा ३ सय तेइस वटा स्टलहरु राखीने छन् जस्मध्ये पन्ध्र प्रतिशत स्टल बिश्वभर रहेका नेपाली ब्यापारीहरुलाई छुट्टयाएका छौ । नेपालबाट दुइसय सत्तरी उद्योगीलाई लैजाने योजना छ त्यसमा एउटा उद्योगबाट २ जना जाँदा लगभग पांच सय पचास जना जतिको सहभागीता हुने अपेक्षा गरेका छौ जस्मा आज सम्ममा २५ स्टल बुकिङ भैसकेको छ भने बुकिङको समय अझै एक महिना बाँकी भएकाले ठ्याक्कै यतिले सहभागीता जनाउछन् भन्न गाहे छ । नेपालबाट बिबिध क्षेत्रलाई समेटेर लैजाने तयारी छ । आज सम्म साठी वटा स्टल बुकिङ भइसकेका छन् ।
अमेरीकामा हुन लागेको मेला प्रति नेपाली उद्यमीहरुमा कस्तो उत्साह पाउनु भयो ?
अत्यन्तै उत्साहित भएको पाएको छु । सानो चिया दोकान देखि ठूला होटलहरुमा हुने भेटघाटबाट उत्साहमूलक सुझावहरु आइरहेका छन् । ओ हो नेपाली चिया कफी देखि छाला जन्य उत्पादनलाई अमेरीका पुर्याउन पाइने भयो भन्ने उत्साहको सञ्चार भएको पाएको छु । अझै पनि प्रचार प्रसार हुन नपुगेको जस्तो महशुस भएको छ । यहाँका सञ्चार माध्यमहरुले पनि सकारात्मक ढंगबाट सहयोग गरिरहेका छन् ।
नेपालमा उत्पादन नभएका हुन की उत्पादनले बजार नपाएका हुन् ?
अहिले त उत्पादन नै छैनन् भन्दा पनि हुन्छ । भएका उद्योगहरु दिन प्रतिदिन बन्द भैरहेका छन् । मजदुरको समस्या छ,कच्चा पदार्थको समस्या छ, बन्द हड्तालको समस्या,नाकाबन्दी जस्ता पिडा उद्यमीले भोग्नु परेको अवस्थामा उत्पादनले बजारको माग अनुसार धान्न सकेको छैन र भएका उत्पादनले पनि बजार पाएका छैनन् । उपभोक्ताहरुमा पनि नेपाली उत्पादन लगाउंदा सानो भईन्छ भन्ने हिनता बोधले जरो गाडेको छ । हिजो डिंढो खाने र भात खानेको बिचमा भिन्नता थियो, हुने खानेले मात्रै भात खाने र नहुनेले ढिंडो खाने भन्ने चलन थियो हिजो आज हुने खानेले पनि ढिंडो खानै पर्ने रहेछ भनेर ढिडो खान थाले, भने पछि हामीले आजै बाट मानसिकता चेन्ज गरौं भने असम्भव केहि छैन । हामी हिजो भात खान नपाएर भात खान तराइ झर्यौ । हाम्रो उद्योगलाई समय परिस्थीती अनुकुल बनाउँदै लैजानु पर्छ । नेपालले फड्को मारेको हेर्न बिश्व आतुर छ ।