पत्रकार महासङ्घको साधारणसभा आजदेखि चितवनमा,

0
331

काठमाडौ, २१ बैशाख । नेपाल पत्रकार महासङ्घको विधानसभा अर्थात साधारणसभा चितवनको रत्ननगरमा आजदेखि शुरु हुँदैछ । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । उद्घाटन बिहान ११ बजेका लागि तय भएको उपाध्यक्ष अनिता विन्दूले जानकारी दिनुभयो । विभिन्न जिल्ला शाखा, प्रतिष्ठान, एसोसिएटबाट सभासद ९पार्षद० हरु विधानसभामा सहभागी हुने प्रावधान छ । उद्घाटनपछिको बन्द सत्रमा महासंघको विधान संशोधन प्रस्ताव पेश हुनेछ । संशोधन प्रस्तावमा महासंघले प्रदेशको संरचना तथा अरु केही नयाँ प्रस्तावहरु ल्याइने भएको छ । नयाँ प्रस्तावमा महासंघका १० प्रादेशिक संरचनाको प्रस्ताव गरिने भएको छ । जसमा सात प्रदेश तथा एक÷एक उपत्यका, एसोसिएट र प्रतिष्ठान प्रदेशमा पदाधिकारी तथा सदस्य रहनेछन् । यस्तै महासंघले विधान संशोधन प्रस्तावमा उच्च मावि उत्तिर्ण गरेपछि मात्र पत्रकार हुन पाइने प्रस्ताव गरेको छ । यसअघि एसएलसी उत्तीर्ण गरेकाहरुलाई महासंघले सदस्यता दिने गरेको थियो । महासङ्घका एकहजार ६५१ पार्षद र अतिथि साधारणसभामा सहभागी हुँदैछन् । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टका अनुसार साधारणसभामा महासङ्घलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गरिने तयारी छ । नयाँ विधानको प्रस्ताव गर्न लागिएको मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको सङ्गठन संरचना प्रस्ताव गरिनेछ । १० हजारभन्दा बढी सदस्य रहेको महासंघका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा छन् ।