काठमाडौ, २१ बैशाख । वैदेशिक रोजगारमा जाने कामदारको हकहित संरक्षण एवं सुरक्षाका लागि दक्षिण एसियाली ९सार्क० क्षेत्रका सबै मुलुकहरुले समान अवधारण बनाउने भएका छन् । कामदारको सुरक्षाबारे सार्क मुलुकले एउटै नीति लिने विषयमा आजदेखि काठमाडौंमा छलफल सुरुभएको छ । सार्क मुलुकका परराष्ट्र मन्त्रालयका सहसचिव तथा विज्ञहरु सहभागी भएको छलफलले दक्षिण एसियाली कामदारको हकहितका लागि भिसा, हवाइ टिकट, तलब, सुविधालगायतका विषयमा एउटै नीति बनाउने गरी छलफल गर्ने तयारी गरेका छन् ।सार्कस्तरीय छलफल भोलिसम्म चल्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।