संसदको आजको बैठकमा समसामयिक विषयमा छलफल हुने

0
471
संबिधानसभा भवन

काठमाडौ, २२ बैशाख । व्यवस्थापिका संसदको आजको बैठकमा समसामयिक विषयमा छलफल हुँदैछ । हिजो शुरु भएको बजेट अधिवेशनमा आज र भोलि भूकम्पपछिको पुनर्निर्माण, डढेलो नियन्त्रण र पीडितलाई राहतलगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची बनाइएको हो । ती विषयहरुमा दलीय आधारमा बोल्न दिने तयारी संसद सचिवालयले गरेको छ । त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुहुने तयारी छ । त्यसमा २४ र २५ गते छलफल भएपछि २६ गते सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गरिनेछ ।