फोरम लोकतान्त्रिकको महाधिवेसन आज सकिंदै

0
470

बिराटनगर २२ बैशाख । आइतबारदेखि विराटनगरमा जारी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेसन आज सकिंदैछ ।
पार्टीको नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सक्ने तयारी गरिएको छ । एक नेताका अनुसार अध्यक्ष यथावत राखेर अरु पदमा निर्वाचन हुने भएको छ ।
पार्टीको नाम पनि फेर्ने तयारी गरेको फोरम लोकतान्त्रिकले आजै नामको पनि टुंगो लगाउने बताएको छ ।
राष्ट्रिय स्वरुपको देखिने गरी पार्टीको नाम फेर्ने तयारी उसले गरेको छ । महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी २ हजार ७ सयजना सहभागी भएका छन् ।